sssss
nrna
रूप स्मृति तथा साथी कप-२०२२ राष्ट्रिय क्रिकेट प्रतियोगिता बाल्टिमोरमा सम्पन्न ।
रूप स्मृति तथा साथी कप-२०२२ राष्ट्रिय क्रिकेट प्रतियोगिता बाल्टिमोरमा सम्पन्न ।
रूप स्मृति तथा साथी कप-२०२२ राष्ट्रिय क्रिकेट प्रतियोगिता बाल्टिमोरमा सम्पन्न ।

10 September, 2022 By Anjan Chaulagai

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका र मेरिल्यान्ड राज्यको बाल्टिमोर शहरको स्थानीय संस्था "साथी बाल्टिमोर " सँग सहकार्य गर्दै रूप स्मृति तथा साथी कप-२०२२(RUP SMRITI & SAATHI CUP 2022) राष्ट्रिय क्रिकेट प्रतियोगिता सेप्टेम्बर ३, ४ र ५ तारिखमा बाल्टिमोरको मेरिल्याण्डमा सम्पन्न भएको छ। प्रतियोगितामा मेरिल्यान्ड क्र्याप्स, साथी बाल्टिमोर क्रिकेट क्लब,फारवेस्टर्न क्रिकेट क्लब, रियुनियन क्रिकेट क्लब-आरसीसी, ल्यान्केस्टर क्रिकेट क्लब,बाल्टिमोर एथलेटिक क्लब, बोस्टन नेपाली अल स्टार क्रिकेट क्लब र एभरेस्ट लायन्स क्रिकेट क्लब गरी आठ टिमको सहभागिता रहेको थियो। तीन दिन सम्म भएको उक्त प्रतियोगिताको बिजेता एभरेस्ट लायन्स क्रिकेट क्लब भएको थियो भने बोस्टन नेपाली अल स्टार क्रिकेट क्लबले दोश्रो स्थान प्राप्त गर्न सफल भएको थियो।
प्रतियोगिता आयोजना गर्नको लागि सहकार्य गर्ने साथी बाल्टिमोर र सहयोग गर्ने एनआरएनए मेरिल्याण्ड च्याप्टर, गोल्ड मेडलिस्ट रूप कार्की फाउन्डेसन लगायत सम्पूर्ण स्पोन्सर, मिडिया हाउस र सहयोगीहरूलाई गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका धन्यवाद दिन चाहन्छ।
अन्जन कुमार चौलागाई
महासचिव, गैर आवासीय नेपाली सङ्घ अमेरिका
सेप्टेम्बर ७,२०२२