sssss
nrna
21th Executive Committee Meeting- June 8, 2021
  • Home
  • Press Releases

21th Executive Committee Meeting- June 8, 2021

June 11, 2021

जुन ८, २०२१

प्रेस विज्ञप्ती

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको कार्यसमितिको वैठक संघका अध्यक्ष सुनील साहको अध्यक्षतामा गत आइतवार सम्पन्न भएको छ । वैठकले वर्ष २०२१ देखि २०२३ सम्मको कार्यकालको निम्ति भएको निर्वाचन सम्पन्न गर्न भूमिका खेल्नुहुने तथा जिम्मेवारी वहन गर्नुहुने सबैप्रति आभार व्यक्त गरेको छ । संघका महासचिव पशुपती पाण्डेले संचालन गर्नुभएको वैठकको अवसरमा वर्ष २०२१ देखि २०२३ सम्मको कार्यकालको निम्ति निर्वाचित अध्यक्ष लगायत पदाधिकारी तथा बोर्ड अफ डाइरेक्टरहरुलाई स्वागत तथा वधाई ज्ञापन गरिएको थियो ।
सो अवसरमा जुलाई ३ र ४ तारिखमा न्यूयोर्कमा हुन लागेको संघको १० औं साधारणसभाको तयारीका सन्दर्भमा कन्भेनर तथा संघका उपाध्यक्ष बिआर लामाले जानकारी गराउनुभएको थियो ।
वैठकले नेपालमा अक्सिजन प्लान्ट निर्माण गर्ने संघको पूर्व निर्णय अनुरुप त्यसका निम्ति संचालन भैरहेको आर्थिक सहयोग संकलनको कार्यलाई अझ प्रभावकारी बनाउने निर्णय समेत भएको थियो । संघलाई आर्थिक रुपमा समेत बलियो बनाउन दिर्घकालिन ढंगवाट सोसल कर्पोरेट मोडलमा जान सकिने सन्दर्भमा पनि वैठकमा छलफल भएको थियो ।

भवदीय,
ओम कुमार भट्टराई
प्रवक्ता
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिका