sssss
nrna
गैर आबासीय नेपाली सङ्घ अमेरिका र नेपाल स्थित अमेरिकी राजदूतावासको यूथ काउन्सिल बिच युवा र विद्यार्थीको विषयमा अन्तरक्रिया
  • Home
  • Activity Report

गैर आबासीय नेपाली सङ्घ अमेरिका र नेपाल स्थित अमेरिकी राजदूतावासको यूथ काउन्सिल बिच युवा र विद्यार्थीको विषयमा अन्तरक्रिया

Jan. 23, 2022

सेप्टेमबर २७ तारिख आयोजित भर्चुअल अर्थात् जुमको माध्यमबाट गरिएको अन्तरक्रियामा अमेरिका अध्ययन भ्रमणमा आउने विद्यार्थीहरूका लागि दूतावासको तर्फबाट भइरहेका जानकारी मूलक कामहरूका बारेमा दूतावासका प्रतिनिधिहरूले जानकारी गराउनु भयो

अमेरिका आइसकेपछि सामना गर्नु पर्ने भाषा संस्कृतिको समस्या, विषयगत रुचि कलेजहरूको जानकारी, बेला बखत केही विद्यार्थीमा देखिने मानसिक तनाव स्वास्थ्य समस्या साथै सामना गर्नु पर्ने अरू चुनौतीका विषयमा गैर आबासीय नेपाली सङ्घका प्रतिनिधिहरूले दूतावासका प्रतिनिधिहरूलाई अवगत गराउनु भयो यसमा सहजीकरण अत्यावश्यक सहयोग आवश्यक परेको समयमा युवा विद्यार्थीलाई गैर आबासीय नेपाली सङ्घ अमेरिकाले सहयोग गर्दै आएको अध्यक्ष बुद्धि सागर सुबेदीले बताउनु भयो गैर आवासीय नेपाली सङ्घको हेल्प लाइनको नम्बर जानकारी दूतावास मार्फत अमेरिका आउने युवा विद्यार्थीलाई उपलब्ध गराउने व्यवस्था मिलाएमा समस्या पर्दा सजिलो हुने अध्यक्ष सुवेदीले सुझाव दिनु भएको

यस विषयमा सम्बन्धित विभागलाई जानकारी गराउने आगामी अन्तरक्रियामा यस विषयमा थप छलफल गर्ने दूतावासका प्रतिनिधिहरूको भनाइ रहेको गैर आवासीय नेपाली सङ्घ अमेरिका विद्यार्थी टास्कफोर्सले अमेरिकाका ६० वटा भन्दा बढी कलेजमा रहेका १५ सय भन्दा बढी नेपाली विद्यार्थीहरूसँग सम्पर्क स्थापित गरिसकेको

सचिब अनुप खनालको पहलमा भएको उक्त भर्चुअल अर्थात् जुमको माध्यमबाट गरिएको अन्तरक्रियामा संस्थाको तर्फ़बाट अध्यक्ष बुद्धि सागर सुबेदी, उपाध्यक्ष तथा युथ अनि बिधार्थी विभागका प्रमुख सुमन थापा, प्रवक्ता तोया दाहाल, युथ कोअर्डिनेटर त्रिभुवन पाण्डे नेपाल स्थित अमेरिकी दूतावासका तर्फ़बाट यूथ काउन्सिल बिभागका प्रतिनिधिहरु सहभागी हुनुहुन्थ्यो

अन्जन कुमार चौलागाईं

महासचिव       

गैर आबासीय नेपाली सङ्घ

राष्ट्रिय समन्वय परिषद्, अमेरिका।

मिति: सेक्टेम्वर २९२०२१