sssss
nrna
हार्दिक अपिल - नोभल कोरोना भाइरस डिजिज (कोभिड–१९)
  • Home
  • Press Releases

हार्दिक अपिल - नोभल कोरोना भाइरस डिजिज (कोभिड–१९)

July 30, 2020

Date: March 18th, 2020

हार्दिक अपिल

आदरणीय आमा बुबा, दाजु भाई तथा दिदि बहिनीहरु सबैंमा नमस्कार ।

कोभिड–१९ को कहरले यतिबेला विश्व आक्रान्त बनेको छ । यसले विश्वभर महामारीको रुप लिएको छ । तत्काल नियन्त्रणमा आइहाल्ने स्थिति पनि देखिएको छैन । विश्व शक्ति राष्ट्रहरु समेत अहिले कोभिड–१९ भाइरसको संक्रमण अझ बढी फैलन नदिनका निम्ति जुटेर संघर्षरत् रहेका छन् । कामना गरौं भाइरसको संक्रमणलाई निष्तेज पार्न सक्ने औषधी पत्ता लागी चाँडो भन्दा चाँडो कोभिड–१९ को महामारी नियन्त्रणमा आउन सकोस् ।

विश्वभर फैलिएको यो कहरबाट आफ्ना नागरिकलाई जोगाउन हरेक राष्ट्र यतिबेला सक्रियतापूर्वक जुटेका छन् । संक्रमण फैलन नदिनका लागि विभिन्न सजगकताका कार्यक्रमहरुलाई प्रभावकारी ढंगले कार्यन्वयन गराउन ती राष्ट्रहरु लागेका छन् । तर पनि अपेक्षित रुपमा यो नियन्त्रण हुन सकिरहेको छैन । यस कोभिड–१९ भाइरसको असर विश्वभर परेको छ । अर्थतन्त्रमा समेत ठूलो क्षति पुग्न गएको छ । विश्वनैं यसको चपेटामा परिरहेको सन्दर्भमा विश्वभर रहेका गैर आवासीय नेपाली र नेपालमा रहेका नेपाली समेत यसको असरबाट अछुतो रहेका छैनन् । विश्व भर रहनुहुने आम गैर आवासीय नेपालीलाई यसको संक्रमणबाट जोगिन आफ्नो तर्फवाट सक्दो सर्तकता अपनाउन हार्दिक अपिल गर्न चाहन्छु ।

आदरणीय अमेरिकाबासी गैर आवासीय नेपाली दाजुभाई तथा दिदि बहिनीहरु अमेरिकी सरकारले समेत अहिले कोभिड–१९ भाइरसको संक्रमणलाई नियन्त्रण गर्न आफ्नो शक्ति केन्द्रीत गरिरहेको छ । बढ्दो संक्रमणसँगैं मानवीय क्षति समेत भैरहेको सन्दर्भमा यसलाई निस्तेज कसरी गर्न सकिन्छ त्यसतर्फ अमेरिकी सरकारका अंगहरुले सक्रियता पूर्वक काम गरिरहेको हामीले देखिरहेका छौं । आशा छ अमेरिकी सरकार यसको संक्रमणलाई नियन्त्रण गर्न छिटो भन्दा छिटो सक्षम हुनेछ । सरकारलाई अमेरिकी बासी तपाई हामी सबैंले आ–आफ्नो ठाउँबाट गर्न सक्ने सहयोग गर्न पनि जरुरी छ । सरकारले तय गरेका योजनालाई सघाउ पुग्ने कार्यमा तपाई हामी सबैंले योगदान गरौं म सम्पूर्ण अमेरिकी बासी गैर आवासीय नेपाली समक्ष हार्दिक अपिल गर्न चाहन्छु ।

कोभिड–१९ बढ्दो जोखिमलाई मध्यनजर गर्दै गैर आवासीय नेपाली संघ अमेरिकाले विभिन्न मितिमा गर्ने गरी तय गरेका कार्यक्रमहरु स्थगन गरेको यहाँहरु सबैंलाई जानकारी रहेकैं छ । कोभिड–१९ को सन्दर्भमा जनचेतना बढाउनका लागि संघले विभिन्न प्रचारात्मक अभियानलाई बढावा दिनुका साथैं च्याप्टर र विभिन्न स्थानीय संघ संस्था मार्फत समेत विविध कार्यक्रम गरिरहेको छ । मुख्यत: प्रत्यक्ष भेला हुने कार्यक्रम बाञ्छनिय नभएको सन्र्दभमा अनलाइन तथा सामाजिक संजालहरु मार्फत संघले प्रचारात्मक कार्यहरु गरिरहेको छ । र तपाई हामी सबैंले चेतनामुलक कार्यलाई अघि बढाउँदैं यसबाट बच्नका निम्ति अपनाउनुपर्ने सावधानी समेत अपनाएर आफू, आफ्नो परिवार हुँदैं सबैंको स्वास्थ्यको ख्याल गर्न पनि जरुरी छ । भेला, सार्वजनिक कार्यक्रमहरु तत्काल नगर्ने र अत्यावश्यक वाहेक बढी संख्यामा जमघट हुने कार्यक्रम समेत नगर्ने तर्फ हामी लाग्नु जरुरी छ ।

यो अवस्थामा अत्यावश्यक वस्तुको समेत अभाव देखिएकाले ती अत्यावश्यक वस्तुसँग सम्बन्धित व्यवसायमा संलग्न गैर आवासीय नेपाली व्यापारी व्यवसायीहरुलाई समेत तपाई रहनुभएको क्षेत्रका नेपालीलाई अत्यावश्यक समान उपलब्ध गराई सहयोग गरिदिनुहुनका निम्ति पनि हार्दिक अपिल गर्न चाहन्छु । अत्यावश्यक काम बाहेक भ्रमण समेत नगर्नका लागि समेत सम्बन्धित सबैंमा अनुरोध छ, जानै पर्ने अवस्था रहे अमेरिकी सरकारले अवलम्वन गरेको नितिलाई बुझेर मात्र यात्रा गर्न आग्रह गर्दछु । यस कार्यका लागि आवश्यक जानकारी उपलब्ध गराएर गैर आवासीय नेपालीलाई सहयोग गर्न पनि यस सम्बन्धी जानकार आदरणीय व्यक्तित्वहरुलाई अनुरोध गर्दछु । र साथ साथैं नेपाल जानैपर्ने अवस्था भए नेपाली दुतावासमा सम्पर्क गरेर विस्तृत बुझेर मात्र यात्रा गर्न पनि सबैंमा अनुरोध छ ।

अन्त्यमा, सबैं अमेरिका बासी गैर आवासीय नेपालीको सुस्वास्थ्यको कामना गर्दछु । संघको क्षमताले भ्याउने र संघ मार्फत गर्न सकिने आवश्यक सहयोग गर्न हामी सधैं तयार नैं रहेका छौ । केही गर्न सक्ने ठाउँ रहेमा र आवश्यक परेमा सम्झिनका निम्ति पनि सबैंमा अनुरोध गर्दछु ।

जय एनआरएनए ।

सुनील साह
अध्यक्ष
गैर आवासीय नेपाली संघ, अमेरिका