sssss
nrna
कोभिड १९ संबन्धि गतिबिधि संबन्धि विज्ञप्ति
  • Home
  • Press Releases

कोभिड १९ संबन्धि गतिबिधि संबन्धि विज्ञप्ति

July 30, 2020

मितिः मे १, २०२०

प्रेस बिज्ञप्ति

आदरणीय संचारकर्मी मित्रहरु

हार्दिक नमस्कार !

आज विश्व नोवल कोरोनाभाईरस (COVID-19) को संक्रमणले आक्रान्त छ । यसले मानव जीवनलाई तहस नहस पारिरहेको छ। विश्वभर कै मानव अहिले जोखिमपूर्ण जीवन यापन गरिरहेका छन। कलेज तथा विश्व विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरु छात्राबास छोडेर बाहिर बस्नु पर्ने बाध्यताको स्थिति सिर्जना भइरहेको अबस्था छ।

नेपाली समाजमा भएका अप्रिय घटना र उत्पन्न बिकट परिस्थितिका कारण गैर आवसीय नेपाली संघ, अमेरिका परिवार मर्माहत छ। यस समयमा प्रत्यक्ष वा परोक्ष रुपमा समुदायमा सेवा पुर्याउनु हुने, यस महामारीबाट प्रभावितहरुलाई सबै किसिमले सहयोग पुर्याउन एनआरएन अमेरिकाले संचालन गरेको अभियानमा सहयोग गर्नुहुने सबै तहका एनआरएनए कार्यसमितिका साथीहरु तथा अभियन्ताहरु तथा सबै सहयोगदाता, स्वयं सेवकहरु प्रति हामी नतमस्तक छौं र यहॉहरुको योगदानको लागि हार्दिक आभार प्रकट गर्दछौं ।

गैरआवसीय नेपाली संघ, अमेरिकाले कोभिड-१९ को प्रभावको सम्बन्धमा शुरु देखिनै बिभिन्न कार्यक्रम संचालन गर्दै आइरहेको ब्यहोरा यहांहरुलाई अवगत नै छ। हामीले यसको संक्रमण अमेरिकामा देखिए लगत्तै कोरोना भाइरस कोभिड-१९ बाट कसरी बँच्न सकिन्छ लगायत यससंग संबन्धित विज्ञबाट जानकारी गराउने प्रयास गर्यौं। प्रकोप बढ्दै गएपछि आपतकालिन बैठक गरी यसको विरुद्ध लड्न उच्च स्तरीय समिति र हेल्थ रेस्पोन्स टिम बनायौं।

क्षेत्रीय र राज्य स्तरमा स्थानीय संघ संस्थाहरुसंग समन्वय गरी समितिहरु गठन गर्नुको साथै सरकारको तर्फबाट ल्याइएका राहत प्याकेजहरुसम्म हाम्रो समुदायको पहुँच सुनिश्चित गर्न सूचना र सहयोगका कार्यक्रम संचालन पनि गर्दै आईरहेका छौं।

गोफन्ड एकाउन्ट खोलेर त्यसमा जम्मा भएको रकम, अमाजोन स्माइल एकाउन्टबाट यसअवधिमा प्राप्त हुने सबै रकम कोभिड १९ पिडितको लागि सहयोग गर्न खर्च गर्ने निर्णय गर्यौं । त्यतिले नपुग्ने अबस्था आएमा संस्थाको आपत कालिन कोषबाट खर्च गर्ने गरी निर्णय गरेर कहॉ के कसरी सहयोग गरिरहेका छौं भन्ने बारे यहॉहरुलाई साप्ताहिक रुपमा जानकारी पनि गराउँदै आइरहेका छौं।

हाम्रो Gofundme account मा April मसान्त सम्ममा बिभिन्न महानुभावहरुले दान गर्नु भई $19328.00 जम्मा हुन आएको छ। च्याप्टरको मातहतमा सहयोग पुर्याउने हाम्रो नीति रहे बमोजिम आबस्यक सहयोगको लागि बिभिन्न च्याप्टरहरु मार्फत COVID-19 बाट प्रभावित विद्यार्थी एवं गैरआवसीय नेपालीहरूको सहयोगको लागि $18011.13 उपलब्ध गराईसकेका छौं ।

COVID-19 बाट समस्यामा हुनु हुने सबैको पहुंचका लागि Help Desk र Health and Safety Committee मार्फत COVID-19 Hotline को ब्यवस्था गरिएको छ जसमा फोन गरेर Health, Logistic, Immigration, Student Support, Government Support आदि बिभिन्न बिषयमा परामर्शको ब्यबस्था मिलाइएको छ।

च्याप्टरमा रहनु भएका साथीहरु एवं COVID-19 Chapter Response Committee ले केन्द्रको सहयोगको साथै स्थानीय स्तर मै पनि सहयोग जुटाएर, स्थानीय सामाजिक संस्थाहरुसंगको समन्वयमा सहयोग गरिरहनु भएको छ। यस घडीमा हामी सहयोगको हात बढाउनु हुने दाताहरु र समुदायमा, घर घरमा, विश्व विद्यालयहरु कलेजहरुमा पुगेर सहयोगकोलागि खट्नु हुने अभियन्ताहरु प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछौं । साथै यसको ब्यवस्थापन तथा समस्याको सहयोगका लागी निम्न कमिटीहरू गठन गरिएको जानकारी गराउन चाहन्छौं ।

COVID-19 High-level Response Committee

COVID-19 Regional Response Committee

COVID-19 Chapter Response Committee

COVID-19 Student Response Team

COVID-19 Medical Response Team

COVID-19 Logistics and Financial Response Team

COVID-19 Legal Issues Response Team

COVID-19 Tax, Finance, and Unemployment Response Team

COVID-19 समस्या सम्बन्धमा सम्पर्क फोन तथा ईमेल:

Help Desk: (844) 676-2872

COVID-19 Hotline: 833-684-0551

Email: COV…@nrnusa.org

COVID-19 समस्या को समाधानका लागी एउटा समाज वा राष्ट्र नभई सम्पूर्ण मानव समुदाय एक-आपसमा सहयोगका हात बढाउनु पर्ने यो अबस्थामा कसले के गर्यो भन्नु भन्दा पनि सबै मिली आफूले जे सकिन्छ त्यही सहयोग गरौं।

कोरोना महामारीको विरुद्धको लडाइँमा हामी हाम्रा सदस्यहरुको अतिरिक्त सबै गैर आवासिय नेपाली एवं विद्यार्थीहरुको साथमा छौँ। अन्त्यमा, COVID-19 को महामारी बिच ज्यान गुमाउनु भएकाहरू सबैप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ साथै सङ्क्रमणमा परी उपचार गराइरहनुभएका सबैको शिघ्र स्वास्थ्य लाभका लागी प्रार्थना गर्दै यहॉहरु सबैको सुस्वास्थ्यको कामना गर्दछौँ।

एनआरएनए प्रति यहाँहरुले दर्शाइरहनु भएको माया सद्भाव र सहयोगको लागि हामी हार्दिक कृतज्ञता ज्ञापन गर्दछौं ।

 

धन्यवाद !

पशुपति पाण्डे

महासचिव

गैरआवसीय नेपाली संघ, अमेरिका

सुनील साह

अध्यक्ष

गैरआवसीय नेपाली संघ, अमेरिका