sssss
nrna
मध्यपश्चिम क्षेत्रिय समिति गठन।
  • Home
  • Activity Report

मध्यपश्चिम क्षेत्रिय समिति गठन।

Jan. 23, 2022

ग़ैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद् अमेरिकाको मध्यपश्चिम क्षेत्रिय समितिको  प्रथम बैठक सम्पन्न भएको छ ।एनसीसी बिधानको अनुसार मिडवेस्ट क्षेत्रमा रहेका सबै राज्यका अध्यक्ष सहित मनोतित सदस्यहरुको सहभागितामा बनेको १३ सदस्यीय यस समितिको बैठक सम्पन्न भएको हो ।


मिडवेस्ट क्षेत्रका क्षेत्रिय संयोजक किरण बस्नेतको संयोजकत्वमा बनेको उक्त समिति विस्कन्सन च्याप्टरका अध्यक्ष  दिपक थापा सचिव रहनु भएको छ भने नेब्रास्काका च्याप्टरका अध्यक्ष बिमल अधिकारी , मिनिसोटाका अध्यक्ष विवेक झा , इलिनोयका अध्यक्ष चतुरान्नद चौधरी , ईन्डियानाका अध्यक्ष खेमराज खतिवडा ,  ओहायोका अध्यक्ष मोहन न्यौपाने , मिसिगनका अध्यक्ष तुलसी सिवाकोटि  ,आयोवाका अध्यक्ष ज्योति बराल , केन्ससका अध्यक्ष फिलिप केसी  सदस्यहरुमा रहनु भएको छ भने मनोनित सदस्यहरुमा सरस्वती शर्मा, रविन्द्र उप्रेती र चतुरानन्द चौधरी सहित समितिले पुर्णता पाएको छ।