sssss
nrna
विज्ञप्ति...!
  • Home
  • Press Releases

विज्ञप्ति...!

Dec. 10, 2022

नेपालमा पासपोर्ट र नागरिकता विवाद माथि छानबिन अगाडि बढेपछि नेपाल भित्र र बाहिर नेपाली समुदायमा व्यापक रुप उठिरहेको यो विषयमा तर्क वितर्क भइरहेका छन् । विदेशमा रहनु भएका थुप्रै नेपालीहरू नेपाली नागरिकताको निरन्तरता र विना व्यवधान पुन प्राप्तिको पक्षमा देखिनु भएको छ । स्मरणीय कुरा के छ भने उक्त बिषय विवादमा तानिनु भन्दा धेरै अगाडि देखि नै गैर आवासीय नेपाली सङ्घ अमेरिका एक पटकको नेपाली सधैको नेपाली हो र नेपाली नागरिकताको निरन्तरता हुनु पर्छ भनेर प्रस्ट धारणा राख्दै आएको छ।

विदेशलाई कर्म थलो बनाएर त्यही देशको नागरिकता लिनु भएका थुप्रै नेपालीहरू हुनुहुन्छ । विदेशी नागरिकता त्यागेर नेपाल फर्कँदा पुरानै नागरिकताको निरन्तरता हुनु पर्छ, दोहोरा नागरिकताको सुविधा वा गैर आवासीय नेपाली नागरिकता पाउनु पर्छ भनेर गैर आवासीय नेपाली सङ्घले एक दशक भन्दा लामो अभियान चलायो । फलस्वरूप नेपालको संविधान र कानुनमा केही कुरा समावेश भइसकेको छ । नेपालको संविधान २०७२ को धारा १४ मा गैर आवासीय नेपाली नागरिकता प्रदान गर्न सकिने उल्लेख छ । त्यस्तै नेपालको सङ्घीय कानुनमा कुनै पनि नेपालीले विदेशको नागरिकता त्यागेमा नेपालको नागरिकताको निरन्तरता रहने उल्लेख छ । संबिधान र कानुनको छिटो कार्यन्वयनको हामी अपेक्षा गर्दछौ । गैर आवासीय नेपाली सङ्घको सानोतिनो प्रयास र पहलमा यो सम्भव भएको होइन । देश भित्र र बाहिरबाट सबै तह र तप्कामा दबाब सिर्जना गरेर नेपालको संविधान र कानुनमा गैर आवासीय नेपालीहरूका मुद्धालाई संवोधन गराउन गैर आवासीय नेपाली सङ्घका अग्रज र अभियान्ताहरुले खेलेको भूमिका र पहल कदमीको सह्राना गर्नै पर्छ ।

आज हामी त्यही धरातललाई टेकेर थप सुधार र कार्यान्वयनका विषयमा बहस र छलफल गर्न सक्ने ठाउँमा उभिएका छौँ । समस्याको पहिचान र निरूपणको तर्क वितर्क गर्न सक्ने भएका छौँ । विदेशमा रहेका नेपालीहरूको योग्यता, दक्षता, अनुभव, सिप, क्षमता र पुजी नेपालको हित र विकासमा जोड्ने प्रयास र बहसहरू भइरहेका छन् । नेपाल भूकम्प, बाढी पहिरो जस्ता प्राकृतिक विपतिको उच्च जोखिममा रहेको मुलुकहरूको सूचिमा पर्छ । रोग व्याधि र महामारीले नेपालीहरू पटक पटक आक्रान्त हुनु परेको छ । विदेशमा बसेका नेपालीहरू यी र यस्ता सबै खालको विपदमा नेपाल र नेपालीका लागि सहयोगी रहेको कसैले बिर्सन सक्दैन । यस्तो अवस्थामा गैर आवासीय नेपालीहरूलाई संविधान र कानुनले दिएको अधिकार कटौती हुने गरी, गैर आवासीय नेपालीहरूको भावनामा चोट पर्ने गरी कानुन र नियम बाहिर गएर कुनै पनि काम भएमा गैर आवासीय नेपाली सङ्घ अमेरिकालाई स्वीकार्य हुने छैन ।

कुनै पनि विषय विवाद र बहसमा आएपछि राम्रा पक्ष र कमीकमजोरी सतहमा आउँछन् । सुधार गर्नु पर्ने ठाउँहरू पहिचान गर्दै समाधानको उपएको खोजी हुन्छ । अहिलेको परिस्थिति पासपोर्ट र नागरिकतासँग सम्बन्धित विषयमा छलफल हुँदै गर्दा धेरै कुराहरूको पटाक्षेप भएको छ । विधि, विधान, नियम कानुन र प्रक्रियाका धेरै पक्षमा हामी सबैले चनाखो हुनु पर्ने देखिएको छ । सम्बन्धित देशको संविधान र कानुन भन्दा माथि हामी कोही पनि छैनौँ । त्यसको कार्यन्वयन, पालना र सम्मान सबैले गर्नु पर्छ ।

धन्यवाद ।
तोया दाहाल
प्रवक्ता
गैर आवासीय नेपाली सङ्घ, अमेरिका
मिति: १२–०९–२०२२