sssss
nrna
विज्ञप्ति !
  • Home
  • Press Releases

विज्ञप्ति !

Feb. 20, 2022

विज्ञप्ति

गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्को न्यूयोर्कमा भएको कार्यक्रममा जुलाई महिनामा विपिन लम्सालको असामयिक निधन पश्चात् गोफण्ड मार्फत सहयोग उठाइ सहयोग गरेको विषयमा उठाउनु भएको कुराहरूका  सम्बन्धमा अध्यक्ष बुद्धि सागर सुवेदीले सोही कार्यक्रममा प्रस्ट पारी सक्नु भएको छ । संस्थालाई जीवन्तता दिनको लागि सबै सदस्यहरूले संस्थाका गतिविधिहरूमा चासो राख्नु तथा सहभागिता जनाउनु जरुरी पर्दछ र सो को लागि सबैले मर्यादित र पद्दतिसंगत डङ्गमा आफ्ना चासो वा जिज्ञासा राखी संस्थाको मर्यादा कायम गर्नु हुन अनुरोध गर्दछौ । उत्तेजक र आपत्ति जनक क्रियाकलाप र हर्कतको हामी भर्त्सना गर्दछौ ।  

जुलाई २७–२०२१ मा विपिन लम्सालको असामयिक  निधन भएको थाहा पाउनासाथ न्यूयोर्कमा रहेका साथीहरूलाई  कसरी सहयोग पुर्‍याउन सकिन्छ भनी सर सल्लाह गरियो । उहाँको बुवा पोषराज लम्सालसँग सम्पर्क गरी अमेरिकामा नै दाहसंस्कार गर्ने वा नेपाल लैजाने भन्दा नेपालमा नै पठाइदिन स्वर्गीय लम्सालका बुवाको आग्रह रह्यो । नेपालमा ७० वर्षको बुवा भएको हुँदा नेपाल शव पठाउन गोफण्डमा  रकम  उठाउने निर्णय गरियो । गोफण्डमा जम्मा १८३६८ रकम उठेकोमा गोफण्डको सर्भिस फि ६२१ डलर ,नेपाल शव पठाउन ६,५५२ र पर्वत सम्म जानको लागि २३० डलर खर्च भएको थियो । 

बाँकी रहेको रकममा शव नेपाल पठाइसके पश्चात् सँगै  बस्ने एक महिलाले म मृतकको श्रीमती हो भनी प्रमाण सहित हक दाबी गरे पश्चात् रकम नेपाल पठाउने वा उनलाई दिने विषय केही समय अन्यौलमा पर्‍यो । निज महिलाले स्वर्गीय वीपिन लम्सालसँग विवाह गरेको कुरालाई नेपाली समाजका केही प्रतिष्ठित व्यक्तिहरूले समेत स्वीकार गर्नु भयो । लस एन्जलस स्थित पशुपतिनाथ मन्दिरमा विधि पूर्वक विवाह गरेको फोटो,  भिडियो र डकुमेन्ट गैर आवासीय नेपाली सङ्घ अमेरिकामा महिलाले पठाइन । नातामा श्रीमती देखिए पश्चात् चार हजार डलर दिए हुन्छ भनी माग भए बमोजिम पदाधिकारीको बैठक बसेर निर्णय गरी अमेरिकामा श्रीमतीलाई चार हजार दिएर बाँकी रहेको रकम  परिवारको अनुरोध बमोजिम नजिकको नातेदारलाई ६,९६५ डलर हस्तान्तरण गरिसकिएको छ । अमेरिकामा मृतकको श्रीमतीलाई दिएको चार हजार डलर समेत पदाधिकारीबाट उठाइ नेपालमा रहेका वृद्ध बुवा आमालाई दिने भनी उठाइरहेको र हालसम्म दुई हजार पाँच सय उठाइ पनि सकिएको छ । बाँकी उठाएको रकम चार हजार डलर पुराएर चाँडो भन्दा चाँडो  नेपाल पठाउने योजना रहेको छ ।  

संस्थाले उठाएका रकम र यसलाई सम्बन्धित व्यक्तिसम्म पारदर्शी डङ्गमा प्रदान गरिएको छ ।  यसको पूर्ण विवरण कोषाध्यक्ष राजीव श्रेष्ठले गत जनवरी २९ तारिकको हाइब्रिड बैठकमा प्रदान गर्नु भएको रिपोर्टमा समेत समावेश गरिसकिएको छ ।  जुन बैठकको प्रत्यक्ष प्रसारण समेत गरिएको थियो ।  

संस्थामा हुने हरेक आर्थिक क्रियाकलापहरू पारदर्शी हुनुपर्दछ भन्नेमा हाम्रो कार्यसमिति प्रतिबद्ध छ र सबै गतिविधिहरूलाई सबै सदस्यमाझ प्रस्ट रूपमा राखी सकेका छौ र अन्य  गतिविधिहरूलाई समेत यहाँहरू समक्ष पठाउने छौ । 


अन्जन कुमार चौलागाई

महासचिव, गैर आवासीय नेपाली सङ्घ अमेरिका

मिति ०२–२० –२०२२