sssss
nrna
Visit Nepal 2020 News Oregon

Visit Nepal 2020 News Oregon

July 30, 2020

नेपाल सरकारले आ्व्हान गरेको नेपाल भ्रमण बर्ष २०२० लाई सफल पार्न सहयोग पुर्याउने उदेश्यले Nepali Association of Oregon, NRNA NCC USA Oregon Chapter, NRNA NCC USA-Trade and Tourism Promotion Committee र Eugene-Kathmandu Sister City Association ले संयुक्त रुपमा Oregon को Eugene शहरमा यही February १५ र १६ मा आयोजना हुन गइरहेको 35th Asian Celebration मा सहभागी हुन लागेको छ। उक्त मेलामा Asia का प्राय: सबै राष्ट्रहरुको प्रतिनिधित्व हुने भएकोले मेलाको मह्त्व धेरै रहेको छ। मुख्य मन्चमा सबै राष्ट्र्हरुका सांस्कृतिक कार्यक्रम दुबै दिन पालैपालो प्रस्तुत हुने भएकोले नेपालको पालो February १६ का दिन दिउशो ४ बजे परेको छ। र हामीले आधा घन्टाको समय पाएकाछौ। उक्त मेलामा हामीले दुबै दिनको लागि एउटा बुथ खरिद गरेका छौ र दुबै दिन बुथमा नेपाल सम्बन्धी Documentary Videos देखाइने छ। साथै बुथमा नेपाल सम्बन्धी Poster हरु र नेपाली कला संस्कृति चिनाउने मुर्तिहरु र केहि handicrafts/brochures हरु पनि राखिने छन् ।

दुई दिन चल्ने उक्त मेला February १५ तारिख शनिबार बिहान १० बजे सर्बसा्धारणको लागी खुला हुनेछ र सो दिन सांझ ७ बजे बन्द हुनेछ। भोलीपल्ट आइतबार बिहान ११ बजे पुन्: खु्ल्नेछ र सांझको ६ बजे मेला सम्पन्न हुनेछ। आइतबार दिउशो २:३० बजे हाम्रो बुथ (Booth #39) मा नेपालीहरु र नेपालका मित्रहरुको स्वागतको लागी सानो मन्तब्यको कार्यक्र्म राखिएको छ। सांझको ६ बजे Eugene-Kathmandu Sister City Association ले एउटा Dinner को आयोजना गरेको छ्। यहाहरु सबैलाई हाम्रो कार्यक्रममा उपस्थित भई कार्यक्र्मको शोभा बढाई दिनु हुन हार्दिक अनुरोध गर्द्छौ।

प्रार्थी:
कार्यक्रम संयोजक

Bharat Banskota
Member Secretary
Trade & Tourism Promotion Committee
NRNA-NCC, USA

Daya Shakya
Chapter President
NRNA-NCC, USA