ग़ैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद् अमेरिकाको पश्चिम क्षेत्रिय समितिको गठन ।
- Home
- Activity Report
ग़ैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद् अमेरिकाको पश्चिम क्षेत्रिय समितिको गठन ।
Jan. 27, 2022एनसीसी अमेरिकाको बिधान अनुसार पश्चिम क्षेत्रमा रहेका सबै राज्यका अध्यक्ष र एनआरएनएमा योगदान दिनु भएका व्यक्तित्वहरु सहितलाई मनोतित गर्दै ११ सदस्यीय समिति गठन गरिएको छ ।
पश्चिम क्षेत्रिय संयोजक श्रीराम थापाको संयोजकत्वमा बनेको उक्त समिति क्यालीफोर्निया च्याप्टरका अध्यक्ष एकदेव शर्मा सचिव रहनु भएको छ भने ओरेगन च्याप्टरका अध्यक्ष लक्ष्मण दरलामी , कोलोराडोका अध्यक्ष आरसी पन्त , वाशिंटनका अध्यक्ष टंक दाहाल, न्यु मेक्सिको अध्यक्ष गंगाधर आचार्य , नेवादाका अध्यक्ष बल देव राई सदस्यहरुमा रहनु भएको छ भने मनोनित सदस्यहरुमा एनआरएनएहरु अभियान्ताहरु सबु गदाल कार्की, अमित शर्मा, सुर्य बाँस्ताकोटी सहित समितिले पुर्णता पाएको छ।