Press Release 29 January 2015
- Home
- Press Releases
Press Release 29 January 2015
July 30, 2020यस गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको आसन्न २०१५ मा हुने निर्बाचनका लागि आफू सहभागी हुन चाहनुहुने सम्पूर्ण नेपाली अमेरिकी महानुभावहरुलाई सदस्य बन्ने अन्तिम मिति यही जनवरी ३१, २०१५ सम्म मात्र भएकोले सो मौका नगुमाउनुहुन अनुरोध गरिएको छ। एनआरएनको सदस्यता सधैं खुल्ला राखियता पनि आगामी आसन्न निर्वाचन २०१५ को लागि भने ३१ जनवरी २०१५ को राती १२ बजे इस्टर्न समय भित्र बन्नुहुने सदस्यहरुले मात्र निर्वाचनमा सभागी हुन पाउनुहुनेछ।
सदस्यताको लागि हाम्रो वेबसाइट https://nrnnccusa.org/nrn-registration-2015/ मा गएर अन्लाइन सदस्य बन्नु हुन अनुरोध गरिएको छ। हाल सम्म सदस्यता फर्म भरी शुल्क समेत तिरिसक्नु भएका सम्पूर्ण सदस्यहरुले वेब्साइटको मेम्बरसिप मेनु https://nrnnccusa.org/nrn-registered-members-2015/ मा आफ्नो नाम हेर्नुहुन अनुरोध छ। कारणबस नाम सर्च गर्दा पाउनु भएन भने तुरुन्त संपर्क गर्नुहोल।
संपर्कको लागि:
[email protected]
साथै एनआरएन अमेरिकाको प्रचलित बिधान अनुसार १०० भन्दा बडी सदस्य भएका राज्यहरुका सदस्यहरुले च्याप्टर निर्वाचनको लागि अनुरोध गरेमा हामीले सोही बमोजिम राष्ट्रिय निर्वाचन आयोगलाई अनुरोध गर्नुपर्ने भएकोले, आज मिती २९ जनवरी २०१५ साझ ८ बजे (प्यासिफिक समय) सम्मको अवस्था हेर्दा बनेका सदस्यहरुको संख्याका आधारमा देहायका राज्यहरुमा १०० भन्दा धेरै सदस्य भएकोले आफूहरु च्याप्टरको निर्वाचनको लागि तयार भएको कुरा सदस्यहरुले ईमेल मार्फत पठाउन पनि अनुरोध गरिएको छ।
अनुरोध पठाउनको लागि:
[email protected]
१०० भन्दा बडी सदस्य हुने राज्यहरु:
- न्यूयोर्क
- क्यालिफोर्निया
- टेक्सास्
- मेरिल्यान्ड
- मासाचुसेट्स
- भर्जिनिया
- कन्नेक्टिकट
- इलिनोइ
- कोलोराडो
- न्यू मेक्सिको
धन्यवाद
कृष्ण के.सी
मिडिया कोअर्डिनेटर
एनआरएन अमेरिका