31 May, 2024
मिति: मे १७, २०२४
श्रीमान् सदस्य ज्यू,
सादर नमस्कार
विषय : १३ औं वार्षिक साधारण सभा तथा ज्ञान सम्मेलन सम्बन्धमा।
एनआरएनए एनसीसी अमेरिकाको १३ औं साधारण सभा तथा ज्ञान सम्मेलन डिसी मेट्रो क्षेत्रमा जुलाई १३ र १४ मा गर्ने भनि क्यालिफोर्नियामा सम्पन्न पाचौं बैठकले निर्णय गरे बमोजिम मेरिल्याण्ड राज्यको बाल्टिमोरमा (Holiday Inn Express Towson - Baltimore North, 1100 Cromwell Bridge Rd, Towson, MD 21286) कार्यक्रम सम्पन्न हुन गइरहेको छ। कार्यक्रमको तालिकाबारे छिट्टै विस्तृत जानकारी गराइने छ । सो कार्यक्रममा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ।
कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गरी उपलब्धिमूलक बनाउन यहॉको सल्लाह, सुझावको अपेक्षा गर्दछौं ।

धन्यवाद !
रामहरी अधिकारी
महासचिव
गैरआवासीय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद् अमेरिका