sssss
nrna
नवनियुक्त राजदुत डा. कार्कीसँग भेट्घट कार्यक्रम सम्पन्न !
  • Home
  • Activity Report

नवनियुक्त राजदुत डा. कार्कीसँग भेट्घट कार्यक्रम सम्पन्न !

July 31, 2020

न्युयोर्क । मे १४, २०१५
एनआरएन अमेरिकाले यही मे १४ का दिन न्युयोर्कमा अमेरिकाका लागी नव-नियुक्त नेपाली राजदूत डा. अर्जुन कार्कीको स्वागत तथा संस्थागत भेट्घाट कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा नव-नियुक्त राजदूत डा. कार्कीले हालैको महा-भूकम्प पछि नेपाल सरकारले गरिरहेको उद्धार एवं राहत वितरणका कार्यकम, अन्तरास्ट्रिय समुदायबाट प्राप्त सहयोग, नेपाली अमेरिकन समुदायको सहयोगको बारेमा बताउनुभयो । सोही क्रममा एमआरपी पास्पोर्ट र नेपाल तत्काल फर्कन कनुनी अड्चन भएका नेपालीहरुका लागि नेपाल फर्कन अमेरिकी सरकारले उपलब्ध गराउन सक्ने टेम्पोररी प्रोटेक्टेड स्ट्याटस(TPS)को बारेमा सेक्रेटरी अफ स्टेट्स जोन केरी सँग कुरा गरेको र आउने सोमबार आफ्नो ओहदाको प्रमाण पत्र बुझाउने दिन राष्ट्रपति ओबामासँग पनि कुरा राख्ने जानकारी दिनु भयो । डा कार्कीले यो अवस्थामा सबैले मिलेर सहयोग गर्न अनुरोध समेत गर्नुभयो।

एनआरएन अमेरिकाका अध्यक्ष खगेन्द्र क्षेत्रीले अध्यक्षको हैसियतले हाल नेपालमा बितरण गरिएको राहतको बिषयमा जानकारी गराउदै सबैलाई यो बिपत्तिमा एनारएन सँग मिलेर जान अनुरोध गर्नुभयो। 
कार्यक्रममा संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि दुर्गा प्र. भट्टराई, सहायक प्रतिनिधि सेवा लम्साल, उप बाणिज्यदुत प्रविन भट्टराई लगायत नेपाली समुदायका विविध व्यक्तित्वहरुको उपस्थिति थियो। कार्यक्रममा एनआरएनका पदाधाकारीहरु, प्रवासी मञ्चका अध्यक्ष सञ्जय थापा, जन सम्पर्क समिति न्युयोर्कका अध्यक्ष रोशन ढुंगाना, अधिकारका कार्यकारी लुना रंजित लगायतको उपस्थित थियो।
सोही कार्यक्रममा रिजवुड नेपाली समाजले प्रधानमन्त्री राहतकोषमा $२७,५०१ एनआरएनको रोहबरमा डा अर्जुन कार्कीलाई हस्तान्तरण गर्‍यो।
 
कृष्ण के.सी
मिडिया कोअर्डिनेटर
एनआरएन अमेरिका