sssss
nrna
प्रेस विज्ञप्ति..!
  • Home
  • Press Releases

प्रेस विज्ञप्ति..!

Sept. 9, 2022

अगष्ट २१ तारिक आइतबार गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको नियमित बैठक बस्यो । बैठकमा संशोधित विधान अनुसार संरक्षक परिषद्, सल्लाहकार समिति र अनअरी काउन्सिललाई पूर्णता दिने क्रममा महासचिव अन्जन कुमार चौलागाईले नामहरू प्रस्ताव गर्नु भयो । प्रस्तावित नामलाई कार्यसमितिले अनुमोदन गरेको छ । विधानतः संरक्षक परिषदमा ७ जना रहने व्यवस्था छ । पूर्व अध्यक्ष खगेन्द्र जी सी प्रमुख संरक्षक रहने गरी ६ जना मनोनीत हुनु भएको छ ।
संरक्षक परिषद्
खगेन्द्र जी सी
२ प्रह्लाद केसी
३ नवीन शेरचन
४ विश्वनाथ बराल
५ शिवराज पौडेल
६ विष्णु सुवेदी
त्यस्तै अनअरी काउन्सिल मेम्बरका लागि प्रस्तावित १८ जनाको नामलाई बैठकले अनुमोदन गरेको छ ।
अनअरी काउन्सिल मेम्बर
गोविन्द लम्साल
जगन्नाथ गौतम
आरती सिग्देल
उत्तम कार्की
चन्द्र शेखर यादव
वसन्त पौडेल
डा उत्तम गौली
पदम गुरुङ
गणेश अर्याल
विनोद मोक्तान
श्याम काजी गुरुङ
कोशल किशोर यादव
सोम नाथ घिमिरे
काम छिरिङ शेर्पा
लोक लामा गोले
लुइसिङ वाइवा
किरण पन्त
डिकेन्द्र मास्के
संशोधित विधान अनुसार गैर आवासीय नेपाली सङ्घ अमेरिकाको सल्लाहकार समितिलाई बिस्तार गरि २७ सदसिय समितिलाई पुर्णता दिइएको छ ।
सल्लाहकार समिति
गोपाल रेग्मी
छत्रा गुरुङ
विष्णुमान प्रधान
मुक्ति पन्त
गेहेन्द्र के सी
राम चन्द्र अधिकारी
सिता खरेल
टेक लामा
डा अनुप श्रीवास्तव
टोमा लामा
विनोद कुइकेल
उहाँहरू सल्लाहकारमा सर्वसम्मतिमा मनोनीत हुनु भएको हो ।
मिनी प्रसूति गृह निर्माण पुरा
गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्को वान एनसीसी वान च्यारेटी अभियान अन्तरगत सल्यान जिल्लाको पिछडिएको गाउमा गैर आवासीय नेपाली सङ्घ अमेरिकाले मिनी प्रसूति गृह निर्माणको काम सम्पन्न गर्दा भएका कामको छलफल भयो । अध्यक्ष श्री बुद्धि सागर सुवेदीको नेतृत्वमा रहेको २०२१–२०२३ को कार्य समितिले सम्पन्न गरेका महत्त्वपूर्ण कार्यहरूको सूचिमा मिनी प्रसूति गृह निर्माणको कामलाई दर्ज गरियो । गैर आवासीय नेपाली सङ्घ अमेरिकाका तर्फबाट यो कामको संयोजन गर्नुहुने वरिष्ठ उपाध्यक्ष कृष्ण जीवी पन्तले यसबाट समुदायलाई पुगेको फाइदा , काम सम्पन्न गर्न भएका सजिला अप्ठ्यारा पक्ष, आर्थिक पक्ष र आगामी दिनमा गर्नु पर्ने थप सहयोगका विषयमा कार्यसमितिलाई जानकारी गराउनु भयो । कार्यसमितिले वरिष्ठ उपाध्यक्ष पन्तको संयोजन कारी भूमिकाको सह्राना गर्दै काम सम्पन्न गरेकोमा धन्यवाद ज्ञापन गरिएको छ । साथै यस कार्यलाई सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नु हुने सबैलाई धन्यवाद ज्ञापन गरियो ।
महिला सम्मेलन १७ सेक्टेम्वर
आगामी सेक्टेम्वर १७ तारिक शनिवार सिकागोमा राष्ट्रिय महिला सम्मेलन गर्ने प्रस्तावलाई कार्यसमिति बैठकले अनुमोदन गरेको छ । सम्मेलनमा महिलासँग सम्बन्धित विविध विषयमा विज्ञहरूका प्रस्तुति, छलफल र निर्णयहरू हुने छन् । गैर आवासीय नेपाली सङ्घ अमेरिकाले महिलाहरूको सशक्तीकरण र संस्थामा महिलाहरूको सहभागिता बढाउन विधानमा नै संशोधन गरेर ठोस कदम चालेको छ ।
गैर आवासीय नेपाली सङ्घ अमेरिकाले छिटै नै युवा सम्मेलन गर्ने तयारी गरिरहेको छ । सम्मेलनका सम्बन्धमा विभागीय प्रमुख र युवा संयोजकको प्रस्तावमा अध्यक्षज्यूले आवश्यक निर्णय गरी कार्यक्रम अगाडि बढाउन निर्देश गर्नु हुने छ भनी कार्यसमितिमा निर्णय गरियो ।
गत जुलाई ३ र ४ तारिक नर्थ क्यारोलाइनामा आयोजित ११ औँ साधारण सभाको समीक्षा गरियो । महत्त्वपूर्ण विषयमा ठोस निर्णय गरी साधारण सभा सफलता पूर्वक सम्पन्न भएकोमा एकमत रहयो । विधानमा महत्त्वपूर्ण संशोधन, आइसीसीसँगको एमओयू लगायतका विषयमा साधारण सभामा ठोस निर्णय भएको भन्दै यसलाई उपलब्धिको रूपमा लिनु पर्ने सबैको राय रह्यो । साधारण सभालाई सफल गराउन अहोरात्र खट्ने र सहभागी सबैलाई धन्यवाद ज्ञापन गरियो ।
त्यस्तै साधारण सभाको मुख्य आकर्षणको रूपमा रहेको नलेज कन्भेन्स भव्य रूपमा सफल भएको बैठकको निष्कर्ष रह्यो । साइन्स टेक्नोलोजी तथा इनोभेसन कमिटीका चेयर डाक्टर माधव पाण्डेले संयोजन गर्नु भएको नलेज कन्भेनसनमा ६० जना भन्दा बढी विषय विज्ञका कार्यपत्र, अध्ययन अनुसन्धान र अनुभवका निष्कर्षहरू प्रस्तुत गरिएको थियो । विज्ञ सम्मेलनमा भए, गरे र गरिएका प्राविधिक कमजोरी माथि पनि समीक्षा भयो । सामान्य प्राविधिक कमजोरी बाहेक विज्ञ सम्मेलन धेरै हिसाबले गैर आवासीय नेपाली , नेपाल र देशवासीका लागि वहुउपयोगी र महत्त्वपूर्ण विषयमा प्रस्तुति र छलफलहरू भए । ज्ञान सम्मेलन सफल बनाउन खट्नु हुने संयोजक डाक्टर माधव पाण्डे सहितको समूहलाई कृतज्ञता र धन्यवाद ज्ञापन गरियो ।
तोया दाहाल
प्रवक्ता, गैर आवासीय नेपाली सङ्घ अमेरिका
मिति: ८–२५–२०२२