sssss
nrna
साधारण सभाको तयारी
  • Home
  • Press Releases

साधारण सभाको तयारी

May 7, 2022

प्रेस विज्ञप्ति

साधारण सभाको तयारी




गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको रालेइ ,नर्थ क्यारोलिना (Raleigh, North Carolina) मा हुन् गइरहेको वार्षिक साधारण सभा तथा विज्ञ भेलाको तयारी तीव्र रूपमा भइरहेको छ । जुलाई ३ र ४ तारिक हुने साधारण सभाका लागि होटेल र सभा हल बुकिङको काम सम्पन्न भएको छ । नर्थ क्यारोलाइना नेपालीहरूको राम्रो उपस्थिति रहेको सहर रालेइको डाउनटाउन नजिकै होटेल र हल बुकिङ गरिएको हो । साधारण सभा स्थलमा आउनको लागि नजिक Raleigh-Durham International Airport पर्दछ । 


साधारण सभामा सहभागी हुने सम्पूर्ण सदस्यज्यूहरूलाई उक्त होटेलको लिङ्कमा गएर समयमा नै होटेल बुक गर्नु हुनको लागि अनुरोध गर्दछौ । सहुलियत दरमा होटेल बुक गर्नको लागि आवश्यक जानकारी छिटै उपलब्ध गराउने छौँ । साधारण सभाको रजिस्ट्रेसन चाडै नै अनलाइनबाट गर्न सकिने गरी सुरु गर्न लागिएको कन्भेनर सुमन थापाले बताउनु भएको छ। रजिस्ट्रेसनको लिङ्क सम्बन्धी जानकारी चाडै नै उपलब्ध गराइने छ। संस्थालाई मार्ग प्रदान गर्ने विधान सम्मेलन तथा अमेरिकामा रहेका नेपाली विज्ञहरूको भेला नलेज कन्भेन्सन समेत भएको हुँदा संस्थालाई मार्ग निर्देश गर्ने कार्यमा सहभागी हुनको लागि सम्पूर्ण सदस्य महानुभावमा अनुरोध गर्दछौ।   


साधारण सभा हुने होटेलको विवरण यस प्रकार रहेको छ। 


मिति: जुलाई ३ र ४, २०२२ 


स्थान:

Raleigh Marriott City Center

500 Fayetteville St., Raleigh, NC 27601


तोया दाहाल 

प्रवक्ता, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका

मिति: मे ६–२०२२