sssss
nrna
श्रीजना श्रेष्ठलाई वाशिङ्टन डि.सी. मा एक नेपाली महिलाको ब्यबसाय अगाडि भेटीएकी।
  • Home
  • Press Releases

श्रीजना श्रेष्ठलाई वाशिङ्टन डि.सी. मा एक नेपाली महिलाको ब्यबसाय अगाडि भेटीएकी।

Sept. 10, 2022

विज्ञप्ति!
नेपालको जावलाखेल घर भै बिगत केही बर्ष देखि अमेरिकाको मेरिल्याण्ड राज्यमा बस्दै आएको बताउने श्रीजना श्रेष्ठलाई वाशिङ्टन डि.सी. मा एक नेपाली महिलाको ब्यबसाय अगाडि भेटीएकी र निजलाई सहयोग आबश्यकता परेको छ भनी सामाजिक संजाल र विभिन्न संचार माध्यमहरुमा देखिएकोमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, अमेरिकाले निजको अमेरिकाको बिभिन्न भागमा रहेका आफन्त र नजिकको नातेदारहरु सँग सम्पर्क गर्ने प्रयास गरिरहेको छ।निजका आफन्त र नजिकका नातेदारहरु सँगको सल्लाह र परामर्श पश्चात आबश्यक सक्दो सहयोग गैर आवासीय नेपाली संघ, अमेरिकाले उपलब्ध गराउने जानकारी गराउन चाहन्छौ। आपद विपदमा परेको समयमा सहयोग पुर्याउने कार्य चुस्त रुपमा सम्पन्न गर्नको लागि पिडितको बारेमा अझ थप जानकारी भएमा उपलब्ध गराईदिनुहुन समेत हार्दिक अनुरोध गर्दछौ।
सचिवालय
गैर आवासीय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद् अमेरिका
जुलाई १८, २०२२