sssss
nrna
एनआरएनए अमेरिका आफ्नो कार्यालय भवन खरिद गर्न सफल
एनआरएनए अमेरिका आफ्नो कार्यालय भवन खरिद गर्न सफल
एनआरएनए अमेरिका आफ्नो कार्यालय भवन खरिद गर्न सफल

4 October, 2022 By Anjan Chaulagai

सबैलाई धन्यवाद तथा बधाई
गैर आवासीय नेपाली सङ्घ अमेरिकाले आफ्नो जगलाई मजबुत गराउने काममा ठोस उपलब्धि हासिल भएको छ । आजबाट गैर आवासीय नेपाली सङ्घ अमेरिकाका लागि आफ्नै कार्यालय भवन खरिद गर्न सफल भएका छौ ।
मेरो नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित हुनु अगाडि पनि पूर्व अध्यक्ष ज्यूहरूले कार्यालय भवन खरिदका लागि छलफल र प्रयास गर्नु भएको थियो । यसका लागि लामो समय देखि सकारात्मक प्रयास भइरहेको हो । यहाँहरूलाई स्मरण नै छ ,मैले नेतृत्वमा आउँदै गर्दा एनआरएनए अमेरिकाको कार्यालय भवन खरिदको काम टुङ्गोमा पुर्याउने र झोलाबाट हैन कार्यालय भवनबाटै संस्था सञ्चालन गर्ने सार्वजनिक प्रतिबद्धता जाहेर गरेको थियो । तपाईहरु सबैको साथ सहयोग र मेहनतेबाट आज यो अभियान सफल भएको छ ।
विश्वको सबै भन्दा ठुलो एनसीसी अमेरिकाले आफ्नै कार्यालय भवनबाट सचिवालय र संस्था सञ्चालन गरोस् भन्ने आम पञ्जीकृत सदस्यहरूको चाहाना र इच्छा आज पुरा भएको छ । यहाँहरूको साथ र सहयोग बाटै यो सम्भव भएको हो । यो सम्भव बनाउन अहोरात्र खट्नुहुने कार्यसमिति र च्याप्टरका साथीहरू, आर्थिक सहयोग गर्नुहुने दाताहरू, भवनको खोजी र खरिद प्रक्रियामा खट्नु हुने मित्रहरू यहाँहरू सबैलाई बधाई तथा धन्यवाद दिन चाहन्छु । यहाँहरूको रचनात्मक र सहयोगी भूमिकाले हामीलाई उत्साहित बनाएको छ । हामी यहाँहरूको चाहाना अनुरूप अगाडि बढ्दै संस्थालाई थप मजबुत बनाउन क्रियाशील रहने छौँ ।
धन्यवाद
बुद्धि सागर सुवेदी
अध्यक्ष गैर आवासीय नेपाली सङ्घ अमेरिका
मिति: १०-०४-२०२२