sssss
nrna
" एनआरएनए एनसीसी युएसए कप-२०२४” सम्पन्न
" एनआरएनए एनसीसी युएसए कप-२०२४” सम्पन्न
" एनआरएनए एनसीसी युएसए कप-२०२४” सम्पन्न

27 May, 2024 By Ram Adhikari

" एनआरएनए एनसीसी युएस कप-२०२४” सम्पन्न

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाले **Dream Sports Ventures LLC सँग समन्वय गर्दै नेपालको राष्ट्रिय क्रिकेट टिम र ह्युजटन हुरिकेनका बिच "एनआरएनए एनसीसी युएसए कप-२०२४ " को आयोजना गरेको थियो । नेपाली राष्ट्रिय टोलीले ह्युजटन हुरिकेन सँग मे २४, २०२४ र मे २५, २०२४ गरी दुई अभ्यास खेल खेलेको थियो र उक्त प्रतियोगिता लाई " NRNA NCC USA CUP 2024 " भनेर नाम दिइएको थियो । जुन १, २०२४ देखि शुरू हुन लागेको T20 World CUP को ग्रुप स्टेज खेल नेपालले भने जुन ४ मा नेदरल्याण्ड सँग टेक्ससमा, जुन ११ मा श्रीलंका सँग फ्लोरिडामा, जुन १४ मा साउथ अफ्रिका र अन्तिम म्याच भने जुन १६ मा बङ्गलादेश सँग वेस्ट इन्डिज राष्ट्रमा खेल्ने छ। " NRNA NCC USA CUP 2024 " को दुवै खेल नेपाल र ह्युजटन हुरिकेन बिच भएको थियो भने दुवै खेलमा नेपाली टिम विजयी भएको थियो ।

प्रतियोगिताको उद्घाटन युवा उपाध्यक्ष तथा युवा, विद्यार्थी र खेलकुद समितिका प्रमुख अनुप खनालले ह्युजटन स्थित क्रिकेट मैदानमा मे २४ तारिखमा गर्नु भएको थियो। नेपाली खेलाडीहरूलाई प्रोत्साहन गर्न गैरआवासीय नेपाली संघ अमेरिकाका पदाधिकारीहरू उपाध्यक्ष भानु खरेल, महासचिव रामहरी अधिकारी, कोषाध्यक्ष सरोज सिग्देल , सह कोषाध्यक्ष दिवाकर पाण्डे, युवा संयोजक तॆज पौडेल लगायत एनआरएनए एनसीसी अमेरिकाको टेक्सस च्याप्टरका अध्यक्ष दिपेन्द्र गुरागाई, उपाध्यक्ष निकेश पोखरेल, सचिव निश्चल चापागाई, कोषाध्यक्ष विनोद साह, युवा विभागका संयोजक बिकि थापा, खेलकुद विभागका संयोजक पंकज लिम्बु, सह -संयोजक प्रदिप चौलागाई, विद्यार्थी विभागका सदस्य आकाश अधिकारी, साथी बाल्टिमोरका अध्यक्ष प्रवीण खड्का तथा पूर्व अध्यक्ष रमेश भट्ट, आईसीसी सदस्य टंक रेग्मी , नेप्लिज एसोसिएसन अफ ह्युजटनका उपाध्यक्ष द्रोण गौतम, सह सचिव मनिष मुनाकर्मी , गुल्मी समाजका अध्यक्ष लक्ष्मण भण्डारी लगायत नेपाली समुदायबाट धेरै ब्यक्तिहरु ह्युजटन क्रिकेट खेल मैदानमा उपस्थित हुनु भएको थियो । " एनआरएनए एनसीसी युएसए कप-२०२४ " लाई सफल पार्नको लागी एनआरएनए एनसीसी युएसए टेक्सस च्याप्टर, एनआरएनए एनसीसी युएसए युटाह च्याप्टर, साथी बाल्टिमोर, नेप्लिज एसोसिएसन अफ ह्युजटन, युवा, विधार्थी र खेलकुद समिति लगायत समाज टाईम, युएस खबर, हाम्रो खेलकुद लगायत स्थानीय संघ संस्था तथा नेपाली समुदाय को विशेष सहयोग रहेको थियो।

"एनआरएनए एनसीसी युएसए कप-२०२४ " को लागि गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाले नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरूको व्यवस्थापनको लागि अमेरिकामा रहेका दाताहरू बाट १५,००० (पन्ध्र हजार) अमेरिकी डलर सङ्कलन गरी “Dream Sports Ventures LLC” लाई चेक हस्तान्तरण गरेको थियो र संघको तर्फबाट सम्पूर्ण दाताहरूको नाम एनसीसी अमेरिकाको अधिकारीक फेसबुक पेजमा राखिएको छ ।

यस खेलकुद प्रतियोगिताको लागि सहयोग गर्नुहुने सम्पूर्ण दाताहरू प्रति हार्दिक आभार व्यक्त गर्दै यो सुनौलो अवसरको लागि Dream Sports Ventures LLC र Huston Hurricane Management Team का संजय शर्मा, उत्सव सिग्देल र मंगेश चौधरी पनि हार्दिक धन्यवाद दिन चाहन्छौ ।

अन्तमा संस्थाका सम्पूर्ण आजीवन सदस्य लगायत साधारण सदस्य ज्युहरू लाई आफ्नो समय मिलाएर T20 World CUP 2024 खेलमा उपस्थित भई नेपालको राष्ट्रिय टिमलाई हौसला प्रदान गर्न समेत सबैमा अनुरोध गर्दछौ।


सचिवालय
गैरआवासीय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद्, अमेरिका
मिति : मे २७ , २०२४