हार्दिक बधाई तथा शुभकामना!
9 September, 2022
By Anjan Chaulagai
एनआरएनएको "ओन एनसीसी ओन च्यारिटि" कार्यक्रम अन्तर्गत गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् अमेरिका(एनआरएनए-अमेरिका ) कर्णाली प्रदेश, सल्यान जिल्ला, कुमाख गाउँ पालिकाको टाट्के गाउँमा प्रसूति तथा स्वास्थ्य सेवा उपलब्ध पुर्याउने केन्द्रको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याई सामुदायिक सेवा पुर्याउन पाउँदा गौरवान्वित भएका छौ। यस सामाजिक कार्यलाई सम्पन्न गर्नको लागि योगदान पुर्याउनु हुने कार्यक्रम संयोजक तथा वरिष्ठ उपाध्यक्ष कृष्ण जीवी पन्त लगायत कार्यसमितिका साथीहरू, गैर आवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी तथा कर्मचारी, निर्माण कार्यमा सहकार्य गर्ने मानव विकास तथा सामाजिक सेवा, कुमाख गाउँ पालिकाका पदाधिकारी, कर्मचारी तथा स्थानियबासीहरु, निर्माण कार्यमा सहयोग पुर्याउने विभिन्न राजनैतिक पार्टीहरू लगायत सम्पूर्णलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। प्रसूति सेवा समयमा नपाउँदा स्थानीय बासीहरूले भोग्नु परेको कठिनाइमा थोरै भए पनि मलहम लगाउन पाउँदा अत्यन्त खुसी लागेको छ। आगामी दिनमा समेत आफ्नो मातृभूमिमा अन्य सामाजिक कार्यका परियोजना लिएर सेवाका लागि उपस्थित हुनेछौ। बुद्दिसागर सुवेदी
अध्यक्ष
गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् अमेरिका
जुलाई ३१, २०२२