sssss
nrna
हार्दिक कृतज्ञता !
हार्दिक कृतज्ञता !
हार्दिक कृतज्ञता !

10 September, 2022 By Anjan Chaulagai

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको ११ औं साधारणसभा तथा ज्ञान सम्मेलन भव्यताका साथ सम्पन्न भएको छ। एनआरएनए एनसिसी अफ युएसए कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा बोर्ड सदस्यहरु एव च्याप्टरका पदाधिकारी तथा बोर्ड सदस्यहरु सबैको सामुहिक सहकार्यले साधारणसभा तथा ज्ञान सम्मेलन सफल भएको अनुभुति मैले गरेको छु ।

जुलाई ३ र ४ , २०२२ मा सम्पन्न संघको साधारणसभालाई सफल तुल्याउनका लागि सक्रिय सहभागिता जनाउनुहुने संघका आजिवन तथा साधारणसदस्यहरु सबैप्रति पनि म आभार प्रकट गर्दछु । भौतिक रुपमा उपस्थित हुन नसक्नुभएका संघका सम्पूर्ण सदस्यहरुले पनि आ आफ्नो ठाउँवाट साधारणसभा सफल पार्न विभिन्न रुपवाट महत्वपूर्ण योगदान गर्नुभएको छ । प्रत्यक्ष उपस्थित हुन नसकेपनि विभिन्न रुपवाट सहयोग र सद्भाव देखाउनुहुने प्रति पनि म आभार व्यक्त गर्दछु ।


गैर आवासीय नेपालीको साझा र प्रतिनिधिमुलक संस्थाको रुपमा रहेको संघलाई अझ सुदृढ बनाउनका लागि संघको यस साधारणसभाले महत्वपूर्ण अवसरको सिर्जना गरेको छ । साधारणसभाले संघको विधानलाई सर्वसम्मत रुपमा अमेरिकाबासी एनआरएनहरुको चाहना अनुरुप संसोधन गरेको छ । विगतमा एनआरएनए आईसीसीको विधानसँग एनआरएनए एनसिसीको विधान बाझिने गरेको गुनासो आईरहेको अवस्थामा यसलाई पनि संसोधित विधानले संवोधन गरेको छ ।

अझ महत्वपूर्ण कार्य साधारणसभाको क्रममा एनआरएनए आईसिसी र एनआरएनए एनसिसीका बिचमा महत्वपूर्ण आपसी समझदारी पत्रमा हस्ताक्षर समेत भएको छ । यसले विगतमा कहिले काहि देखापर्ने गरेका असहमतीलाई पनि संवोधन गर्न सकेको र नयाँ शिरावाट अगाडि बढ्नका लागि बाटो खुल्ला गरिदिएको छ ।

साधारणसभाका क्रममा गैर आवासीय नेपालीका धेरै समस्याहरुबारे अन्तरसंवादको अवसर जुट्यो, सँगै त्यसका निम्ति गर्नुपर्ने कामका सन्दर्भमा पनि छलफल भयो । यसले संघको अवको यात्रा तय गर्नका लागि महत्वपूर्ण योगदान पुग्नेछ भन्ने विश्वास मैले लिएको छु ।
साथै साधारणसभाले संघको निर्वाचन आयोगको प्रमुखमा बासु फुलारा तथा सदस्यहरुमा टुक रेग्मी, विनोद सुबेदी, खड्क उप्रेती र प्रियरञ्जन दाहाल तथा संघको आन्तरिक अडिट कमिटिको प्रमुखमा केशव बराल एवं सदस्यहरुमा अमित शर्मा र गोपाल कृष्ण आचार्य नियुक्त गरेको छ । जिम्मेवारी प्राप्त गर्नुहुने सबैलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना पनि व्यक्त गर्दछु । यस अघि निर्वाचन कमिटिमा रहेर योगदान गर्नुहुने प्रमुख विश्व बराल तथा सदस्यहरु बासु फुलारा, कुल मणी आचार्य,गोविन्द कुमार श्रेष्ठ र शिवराज पौडेललाई हार्दिक धन्वयाद समेत दिन चाहन्छु ।

संघको साधारणसभामा सहभागिता जनाउनुहुने नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्मा, एनआरएनए आईसिसीका अध्यक्ष द्धय कुल आचार्य, रविना थापा, महासचिव डा. केशव पौडेल,सचिव राजन त्रिपाठी, डिआरसी राम कुमार सुवेदी, पूर्व मन्त्री कमला पन्त, कांग्रेसका केन्द्रीय सदस्य द्धय मधु आचार्य, प्रतिमा गौतम , पानसका अन्तराष्ट्रिय अध्यक्ष प्रेम श्रेष्ठ, राप्रपा नेपालका केन्द्रीय सदस्य लोक तिवारी, संघका पूर्व अध्यक्ष खगेन्द्र जिसी, नर्थ क्यारोलाइना मोरिसभिल शहरका नगर प्रमुख टिजे काउली तथा नगर परिषद सदस्य नेबि सङ्घका पूर्व महामन्त्री मनोज मणि आचार्य,भक्तपुर जिल्ला सभापति दुर्लभ थापा,दाङ जिल्ला सभापति शंकर डांगी, जनसम्पर्क समितिका महासचिव मुनिन्द्र नेम्बाङ्, जनसम्पर्क समितिका संस्थापक सदस्य नारायण थापा, महासमिति सदस्य विष्णु सुवेदी,जनप्रगती शिल मञ्चका संस्थापक अध्यक्ष काशी पौडेल,एनआरएनए अभियन्ताहरु डा. यादव पण्डित, डा. रुद्र अर्याल, विश्व बराल, नेपाल अमेरिका पत्रकार संघका महासचिव सुरज भण्डारी एवं सम्पूर्ण संचारकर्मी मित्रहरु, एफएनसिसीआईका सदस्य अमृत भट्टचन, गाउँपालिका समन्वय समितिका महासचिव बंशलाल तामाङ, एनआरएनए आईसिसीका विभिन्न पदमा वहाल व्यक्तित्वहरु, दलसम्वद्व नेता ज्यूहरु, विभिन्न संघ संस्थावाट पाल्नुहुने अतिथि वर्ग, संघका पूर्व अध्यक्ष ज्यूहरु, पूर्व पदाधिकारी, सल्लाहकारहरु, एनआरएनए अभियन्ताहरु, नर्थ क्यारोलिना च्याप्टरका साथीहरु सबैमा हार्दिक आभार व्यक्त गर्दछु ।

संघको यस साधारणसभालाई सफल पार्नका लागि महत्वपूर्ण जिम्मेवारी पुरा गर्नुभएकोमा कन्भेनर सुमन थापा, को– कन्भेनर त्रय डिलु पराजुली, कुलानन्द शर्मा र बासुदेव भट्ट तथा ज्ञान सम्मेलनका संयोजक डा. माधव पाण्डे सहीत सम्पूर्ण व्यवस्थापनमा खटिनुभएको सिंगो टिम, सचिवालयका साथीहरु, प्राविधिक टिममा रहनुभएका साथीहरु सबैलाई बधाई तथा धन्यवाद ज्ञापन गर्दछु ।
र यस साधारणसभा, संघको निम्ति महत्वपूर्ण कोसेढुंगा सावित भएको अनुरोध सहीत अमेरिकाबासी हामी सबै गैर आवासीय नेपालीको यस साझा संस्थालाई अझ सुदृढ बनाउनका लागि सबैले आ आफ्नो ठाउँवाट योगदान गर्न पनि म आग्रह गर्दछु । एनआरएनए अभियानमा सबै गोलबन्द भई अघि लाग्नुपर्ने अहिलेको आवश्यकतालाई मनन गर्न समेत म सबैमा आग्रह गर्दछु ।

धन्यवाद । जय एनआरएनए । जय एनआरएनए अमेरिका ।
भवदीय,
बुद्दि सागर सुबेदी
अध्यक्ष
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिका ।
जुलाई ६ , २०२२