sssss
nrna
राष्ट्रिय समन्वय परिषद्, अमेरिका भवन निर्माण परियोजना
राष्ट्रिय समन्वय परिषद्, अमेरिका भवन निर्माण परियोजना
राष्ट्रिय समन्वय परिषद्, अमेरिका भवन निर्माण परियोजना

11 June, 2021 By None

आदरणीय अमेरिकाबासी सम्पूर्ण गैर आवासीय नेपालीमा सादर अनुरोध ।
हामी सबै अमेरिकाबासी गैर आवासीय नेपालीको चाहना गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिकाको आफ्नै भवन होस् भन्ने रहेको छ । यसका निम्ति विगतदेखिनै संघका अभियन्ताहरुले औपचारिक वा अनौपचारिक रुपमा यो विषय उठाउदैं आउनुभएको थियो । त्यसैको जगमा टेकेर संघको वर्तमान कार्यसमितिले त्यसलाई प्राथमिकतामा राखी भवन निर्माण परियोजना सुरु गरेको छ ।
कोभिड १९ को विश्वव्यापी असरका कारण प्रत्यक्ष वा अप्रत्यक्ष ढंगवाट त्यसको प्रभाव हाम्रो भवन निर्माण परियोजनामा पनि पर्न गयो । तर पनि संघको वर्तमान कार्यसमिति भवन निर्माणको निम्ति आधार तय गर्ने निधो गरी त्यसका लागि आवश्यक रकम संकलनलाई एउटा अभियानको रुपमा अगाडि बढाउने निर्णय गर्दै अहिले सहयोग संकलन कार्य द्रुत गतिमा अघि बढेको छ ।
अमेरिकाभर रहनुभएका गैर आवासीय नेपालीको लागि सम्पर्कको पहिलो संस्थाको रुपमा रहेको गैर आवासीय नेपाली संघवाट प्रत्यक्ष लाभ लिनका लागि पक्कैपनि संघको भवन निर्माणले महत्वपूर्ण भूमिका खेल्नेछ भने संघको गतिविधिलाई पनि अझ प्रभावकारी बनाउन त्यसले योगदान दिनेछ । यस अभियानमा सक्रियता पूर्वक लाग्नका लागि म सबैमा हार्दिक अपिल गर्न चाहन्छु ।
संघको भवन निर्माण गर्नका लागि संघको वर्तमान कार्यसमितिको पछिल्लो वैठकले समेत संघको सदस्यता वापतको शुल्क मध्य अन्तराष्ट्रिय समन्वय परिषद्लाई पठाइने शुल्क भवन निर्माणका लागि लागि प्रयोग गर्ने निर्णय सहीत त्यसका लागि सकारात्मक बन्नका निम्ति अन्तराष्ट्रिय समन्वय परिषद् समक्ष आग्रह गर्ने निर्णय समेत गरेको छ । निसन्देह यसले भवन निर्माणको आधार तय गर्नेछ । पक्कैपनि यस पुनित कार्यमा अन्तराष्ट्रिय समन्वय परिषद्ले सकारात्मक भूमिका खेल्नेमा हामी विश्वस्त छौं । साथै थप सहयोग समेत आइसिसीवाट आउने आशा हामीले गरेका छौं ।
सगसगै संघको भवन निर्माण गर्नका लागि सहयोगको हात अघि बढाउनका लागि सम्पूर्ण एनआरएनए अभिन्यताहरुमा म विशेष अनुरोध गर्दछु । कतिपय अभियन्ताज्यूहरुवाट सहयोगको प्रतिवद्धता समेत आइसकेको अवस्था छ । सबैको सहयोगले हामीले संघको भवन निर्माण गर्न सफल हुनेछौं भन्नेमा हामी विश्वस्त छौं । र संघको भवन निर्माण सबैवाट सहभागिताको अपेक्षा संघले गरेको छ । यसका निम्ति भवन निर्माण सहयोग संकलन अभियान अन्तर्गत गो फन्ड मि मार्फत सहयोग संकलनका काम समेत अघि बढेको छ । संघले भवन निर्माण परियोजनाका लागि छुट्टै खाता खोली रकम संकलन गरिरहेको पनि सबैमा जानकारी गराउन चाहन्छु ।
र अन्त्यमा, यस अभियानमा सक्रिय सहभागिताका लागि एनआरएनए आइसिसी, एनसिसीका अभिन्यताहरु, विशेषत: अमेरिकाबासी गैर आवासीय नेपाली एवं विश्वभर रहनुभएका सबै नेपालीमा हार्दिक अपिल गर्न चाहन्छु ।
जय एनआरएनए । जय एनआरएनए अमेरिका ।
सुनील साह
अध्यक्ष
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिका